काठमाडौं । विश्वप्रसिद्ध एसेसरिज ब्रान्ड ‘म्याकडोडो’ ले नेपाली बजारमा पाँच नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।
म्याकडोडोले सीएच–४११० स्मार्ट चार्जर, सीएच–४०२०र४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी–४४९० इयरबड, एचपी–१४४० हेडफोन तथा बीएस–१४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।
सीएच–४११० मोडेलको स्मार्ट चार्जरमा लचिलो केबुल भएकाले सजिलै फोन चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा जीएएन टेक्नोलोजी प्रयोग गरिएको छ, जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुने गरेको छ । यो चार्जरको मूल्य ६ हजार १ सय रुपैयाँ तोकिएको छ ।
म्याकडोडोको सीएच–४०२०–४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको १सी फास्ट चार्जिङ प्रविधि रहेको कम्पनीले जनाएको छ, यसले ८ देखि १४ सिरिजसम्मका आईफोनलाई ४ गुणासम्म छिटो चार्ज गर्छ । सेतो र कालो गरी दुई रङमा उपलब्ध यो चार्जरको मूल्य २ हजार १ सय रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
त्यस्तै एचपी–४४९० मोडेलको स्लिप मोड इयरबड सार्वजनिक गरेको छ । यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको र चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको कम्पनीको भनाइ छ । यसमा १२ महिनाको वारेन्टी रहेको र यसको मूल्य ३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै एचपी–१४४० हेडफोनमा एक्टिभ न्वाइज क्यान्सिलेसन प्रविधि छ रहेको कम्पनीले जानकारी दिएको छ । यसबाट उत्कृष्ट म्युजिक वा गेमिङको आनन्द लिन सकिने कम्पनीको भनाइ छ । यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन मोडको टाइम ३० देखि ३५ घण्टा छ ।
साथै, यसमा वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५।३ छ भने स्टेबल कनेक्सन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ । उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोलुम कन्ट्रोल तथा आईपीएक्स–३ वाटरप्रुफ स्ट्यान्डर्ड छ । यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यो ६ हजार ५ सय रुपैयाँमा बजारमा उपलब्ध छ ।
त्यस्तै बीएस–१४१० मोडेलका पोर्टेबल वायरलेस स्पिकर पनि सार्वजनिक गरिएको छ । आइपीएक्स४ वाटरप्रुफ, ह्यांगिङ स्ट्याप, डायाफाम, डुअल फाइभ डब्लु स्पिकर, ५।१ ब्लुटुथ, १२०० एमएएच लगायत विशेषता उक्त वायरलेस स्पीकरमा छ । यसमा पनि १२ महीनाको वारेन्टी रहेको कम्पनीको भनाइ छ । यसको मूल्य ५ हजार ४ सय रुपैयाँ रहेको छ ।
म्याकडोडोले नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ देखि १० गतेसम्म यी ५ प्रडक्टमा १० प्रतिशत छूट दिने जानकारी दिएको छ । ग्राहकले देशभरि रहेका विभिन्न खुद्रा विक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट म्याकडोडोका एसेसरिज सजिलै खरिद गर्न सक्नेछन् । नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रालि छ ।