काठमाडौं ।डोङफेङ नामी विद्युतीय सवारी (ईभी)को नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले काठमाडौंको नागपोखरीमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि शुरू गर्ने भएको छ ।
उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो।
नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । सार्वजनिक भएको एक महिनामै नामीले ४०० भन्दा बढी ग्राहक प्राप्त गरिसकेको बताएको छ । ग्राहकहरूलाई बहुआयामिक अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको सोरुमबाट परामर्श र आफ्टर सेल्स सर्भिस पनि प्रदान गर्नै कम्पनीले जनाएको छ ।
“नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौँ,” एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।”
नागपोखरीको नयाँ सोरूममा जनवरी ११ देखि १६ सम्म मेगा टेस्ट ड्राइभ क्याम्प आयोजना हुने भएको छ । गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउने कम्पनीले जनाएको छ।
यस्तै ग्राहकहरूले आफ्नो पुरानो गाडी राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी ईभीसँग साट्न सक्नेछन् । नयाँ सोरुमबाट कम्पनीले 'नाउ अर नेभर' मेगा अफरमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट पनि दिइरहेको बताएको छ ।