काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) चैतको तुलनामा वैशाखमा घटेको छ ।
चैत मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १ पैसा रहेकोमा वैशाख मसान्तमा घटेर ९ रुपैयाँ ८६ पैसामा झरेको छ । त्यस्तै चैत मसान्तमा रू. ७४ लाख ५ हजार नाफा कमाएकोमा वैशाख मसान्तमा रू. १७ लाख ८१ हजारमा नोक्सानीमा छ । वैशाख महीनामा फण्डको आम्दानी घटेकाले नोक्सानीमा गएको हो । चैत मसान्तमा फण्डको कुल आम्दानी रू. १ करोड ५९ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ७६ लाख ७७ हजारमा झरेको छ ।
त्यस्तै फण्डले चैतको तुलनामा वैशाखमा सूचीकृत शेयरमा लगानी पनि केही घटाएको छ । चैत मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ३७ करोड ४४ लाख रहेकोमा वैशाख मसान्तमा रू. ३६ करोड ८ लाख छ ।