प्रमुख गतिविधि
नेपाल बैङ्क लिमिटेडको बैङ्कको गतवर्षको जेठ २८ गते सम्पन्न भएको साधारणसभाले शेयरधनीलाई २३ दशमलव ७४ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई विक्री गर्ने निर्णय गरेको बैङ्कले हाल कायम पूँजीलाई ८ अर्बको लक्ष्यमा लैजान हकप्रद निष्कासनको निर्णय गरेको थियो । बैङ्कले पूर्वघोषित निर्णयबमोजिम गत वैशाख ७ देखि जेठ १० गतेसम्म १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयरको विक्री खुला गरेकोमा अवितरित भएको शेयर लिलामी खुला गरेको थियो ।
कुनै समय नेपाल बैङ्कले अर्को सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेण्ट बैङ्कलाई आफूमा गाभेर थप सबल र सक्षम बन्ने सैद्धान्तिक निर्णय गरे पनि पछि एनआईडीसी क्यापिटल मार्केट्सलाई सनराइज बैङ्कको प्राप्ति गएको थियो । बैङ्कको ऋणात्मक रहेको जगेडा कोषलाई धनात्मक बनाउन विभिन्न समय बैङ्कले नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष, तारा गाउँ रिजेन्सी होटल र राष्ट्रिय बीमा कम्पनीको शेयर तथा जग्गा बेचेको थियो ।
नेपाल बैङ्क लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :
प्रतिरोध २ : ३६० । प्रतिरोध १ : ३४० । हालको अन्तिम मूल्य : ३२९ । टेवा १ : ३१५ । टेवा २ : ३००
बजारको अवस्था
२ महीनादेखि घट्दो प्रवृत्तिमा रहेको नेपाल बैङ्कको शेयरमा हालको समयसम्म पनि विक्रेताको चाप बढिरहेको छ । सोमवार नेपाल बैङ्कको शेयरमूल्य ५ रुपैयाँ अर्थात् १ दशमलव ५० प्रतिशत घटेको थियो भने १७ हजार ६ सय ५५ कित्ता शेयर कारोबार भएको थियो । आइतवारको न्यूनतम मूल्य ३ सय २६ रुपैयाँ छ । मङ्गलवार बैङ्कको शेयरमूल्य ३ सय २६ रुपैयाँभन्दा तल झरेको अवस्थामा विक्रेताको चाप बढ्ने देखिन्छ ।
मुभिङ एभरेज
६ दिने र ३१ दिने मुभिङ एभरेजअनुसार नेपाल बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ । सोमवार ६ दिने मुभिङ एभरेजमा बजारले प्रतिरोध पाएको थियो ।
एडीएक्स
एडीएक्स सूचकअनुसार नेपाल बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको छ ।
एटीआर
एटीआर सूचक प्रवृत्तिहीन अवस्थामा रहेको हुनाले उतारचढाव सामान्य अवस्थामा रहेको बुझाउँछ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचकले नेपाल बैङ्कको शेयरमूल्य प्रवृत्तिमा नभएर तटस्थ अवस्थामा रहेको सङ्केत गर्छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले नेपाल बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले आगामी दिनमा यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहने सम्भावना उच्च रहने बुझाउँछ ।
- बैङ्कले यो अवधिमा आफ्नो खुद नाफामा ५३ दशमलव १६ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैङ्कले यो वर्ष २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैङ्कले १ अर्ब ६४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
- हालै प्रकाशित तेस्रो त्रैमासमा पूँजीको तुलनामा मुनाफा बढ्दा प्रतिशेयर आम्दानी सन्तुलन राख्न नसकेको अवस्थामा बैङ्क प्रतिशेयर वृद्धि गर्न सफल भएको देखिन्छ । यो अवधिमा बैङ्कको पूँजी १५ दशमलव ३८ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी ३३ दशमलव शून्य ५ प्रतिशत बढेको देखिन्छ ।
- निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भने निक्षेप उठाई ७४ अर्ब २० करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप १ दशमलव २३ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह २४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएको छ ।
- बैङ्कको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी ४० दशमलव ११ प्रतिशत वृद्धि भएर ४ अर्ब ७ करोड ३४ लाख रुपैयाँ करोड पुगेको छ । त्यस्तै, बैङ्कको सञ्चालन नाफा ८० दशमलव १८ प्रतिशत वृद्धि भएर २ अर्ब २० करोड ६ लाख रुपैयाँ पुगेको छ । जोखीमको ३० करोड ४७ लाख रुपैयाँ फिर्ता भएको देखिन्छ ।
- बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव ८२ प्रतिशत घटेर २ दशमलव ८५ प्रतिशत रहेको छ भने पूँजीकोषको अनुपात ३ दशमलव ९७ प्रतिशत बढेर १३ दशमलव ५२ प्रतिशत रहेको छ ।
- बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी ४४ दशमलव ९७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ९ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ११ प्रतिशत रहेको छ ।