काठमाडौं। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा छूट पाइने भएको छ । सो सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छूट हुने र विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा शत प्रतिशत छूट हुने बताइएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र अस्पतालका अध्यक्ष रूपनारायण शाहले हस्ताक्षर गरेका छन् । यसबाट बैंकका कर्मचारी र ग्राहकले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकको छ ।