काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । ग्राहकले बैंकका सम्पूर्ण शाखा र ई–सेवाका एजेन्टमार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
उक्त सम्झौता कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मलहोत्रा, प्रमुख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्याल, ई–सेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सुमित भण्डारी लगायत उपस्थित थिए । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका छन् ।