काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा वृक्षरोपण गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (जोखिम, अनुपालन र सार्ग) आलोककुमार चौधरीको उपस्थितिमा बैंकले वृक्षरोपण गरेको हो । चौधरी फागुन ५ देखि ८ गतेसम्म नेपाल भ्रमणमा थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीको सहभागिता थियो । बंैकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम नियमित रूपमा गर्दै आएको बताएको छ । बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट कार्यालयका साथै १२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।