काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् । बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबीआई)को तर्फबाट सञ्चालक समितिमा रितेश सिन्हालाई सञ्चालकको रूपमा नियुक्त गरिएको हो ।
यसअघि पिनाकी नाथ बनर्जीले उक्त संस्थाबाट प्रतिनिधित्व गर्दै आएकोमा पुस २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत सञ्चालक परिवर्तन गरिएको निर्णय सार्वजनिक गरेको हो ।