काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ लाख ४१ हजार १३१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।