काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा राखिएको छ ।
बैंकले १२ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ८ लाख १६ हजार १५३ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो । यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद आवेदन दिन पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीहरूले शेयर खरीदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको काठमाडौं, लाजिम्पाटस्थित शेयर शाखामा दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री खुला गरिने बैंकले जनाएको छ ।