काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेको १ लाख ९० हजार ६९५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि गत असोज ८ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर ३५ दिने सूचना जारी गरेको थियो ।
सो अवधिमा वितरण नभएको यी शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले यसअघिकै सूचनामा विद्यमान संस्थापकले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी दिएको थियो ।