काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्च बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले कुल कित्ता मध्ये २ लाख कित्ता सर्वसाधारणको लागि र ३ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।
बैंकले आगामी ७ वर्ष सम्मका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागि सेबोनमा निवेदन दिएको हो ।