काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा विद्युत विक्री बापत रू. ३ करोड ८८ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा २२ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले विद्युत विक्री बापत रू. ३ करोड १७ लाख आम्दानी गरेको थियो ।
विद्युत विक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ६ प्रतिशत कमि आएको छ । गत आवमा कम्पनीले रू. ३ करोड २५ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३ करोड ५ लाखमा सिमित भएको हो । कम्पनीको वित्तीय आम्दानी घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी रू.२ करोड ८१ लाख रहेकोमा चालू आवमा रू. १ करोड ७५ लाखमा झरेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड रहेको कम्पनीले जगेडामा रू. ४० करोड ९५ लाख सञ्चिती गरेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा(वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ १ सय २३ रुपैयाँ ३३ पैसा रहेको छ ।