काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. ३ करोड ६८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ८७ दशलमव ७५ प्रतिशत वृद्धि भएको हो । गत आवको सो अवधिमा कम्पनीले रू. १ करोड ९६ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवमा रू. १ करोड ४४ लाख रहेकोमा चालू आवमा रू. ४ करोड ५४ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. ७ करोड ८३ लाख रहेकोमा चालू आवमा बढेर रू. १२ करोड ७९ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट बढेर २१ रुपैयाँ ९५ पैसा (वार्षिकीरकण) पुगेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ६४ रुपैयाँ १४ पैसा रहेको छ ।
चुक्तापूँजी रू. ७६ करोड ११ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. २६ करोड ७५ लाख र सञ्चित मुनाफामा रू. १६ करोड २८ लाख सञ्चिति गरेको छ ।