काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
मितेरी डेभलपमेन्ट बैंकले पुस १४ गते धरानमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेस हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
नेपाल इन्स्योरेन्सले पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेस हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।