काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको ३४ दशमलव ७८ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त हकप्रद शेयर प्रयोजनका लागि जेठ ३० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीले तत्काल कायम चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । गत चैत १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले तत्कालको चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस शेयरपछि कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । यस आधारमा हाल कायम चुक्तापूँजी बमोजिम कम्पनीको हकप्रद शेयरको अनुपात कम भएको हो ।
कम्पनीले १० बराबर ३ दशमलव ४७८३ को अनुपातमा ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
कम्पनीले उक्त हकप्रद शेयर प्रयोजनका लागि जेठ ३० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । हकप्रद शेयर निष्कासन मिति तय गर्न बाँकी रहेको कम्पनीले बुक क्लोजको मिति तय गरेको हो ।