काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको पात्रो सार्वजनिक गरेको छ । बिहीवार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच पात्रो सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, प्रमुख बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा पात्रो सार्वजनिक गरेका हुन् । पात्रोमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले ग्राहक, बीमा अभिकर्ता, सञ्चालक पदाधिकारी, कर्मचारी, शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायमा नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबैमा धन्यवाद दिए । आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने बताए ।