काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको २० प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २३७ दशमलव ४२ कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतावर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।