काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकबीच व्यवसाय विस्तारमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । सहकार्य सम्बन्धी सम्झौतामा दुई पक्षबीच आइतवार हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले हस्ताक्षर गरेका छन् । सो अवसरमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अनिलराज गिरीको समेत उपस्थिति थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.