काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
आइतवार कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर एक वर्षयताकै उच्च विन्दु प्रतिकित्ता रू. ६६१ दशमलव १० पुगेको हो । कम्पनीको शेयर संख्या कम भएकाले अल्पकालिन कारोबारीको रोजाइमा परेको देखियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यस कम्पनीको सर्वसाधारणतर्फ ३३ लाख ५५ हजार ७७५ कित्ता शेयर छ भने संस्थापकतर्फ ५० लाख ३३ हजार ६६४ कित्ता छ । वैशाख मसान्तसम्ममा कम्पनीले रू. १२ लाख ३० हजार नाफा कमाएको छ ।