काठमाडौं। नेपाल टिस्यु उद्योग संघको तेस्रो वार्षिक साधारणसभाले यादव घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ । बिहीवार भक्तपुरको लोकन्थलीमा सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की चयन भएका छन् भने सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष यादव घिमिरेले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, टिस्यु पेपरको कच्चापदार्थमा सरकारले लगाउँदै आएको अन्त:शुल्क हटाउन पहल गर्ने बताए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संघको अहिलेको समस्या समाधानका उपाय सुझाउँदै नेपाली टिस्यु पेपरहरू पनि अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न पहल गर्न नवनिर्वाचित कमिटीलाई आग्रह गरेका थिए ।