काठमाडौं। हुण्डाईले आगामी फेब्रुअरीमा नेपालमा ‘क्रेटा ईभी’ सार्वजनिक गर्ने भएको छ । विविध विशेषता सहितको क्रेटा ईभी उपभोक्ताको रोजाइमा पर्ने कम्पनीले अपेक्षा गरेको छ । ४२ र ५२ किलोवाट ब्याट्री क्षमतामा रहेको यो गाडी प्रति किलोवाट ८ किलोमिटरसम्म गुड्ने बताइएको छ ।
एक पटकको चार्जिङमा नेपालका सडकमा ४२ किलोवाट क्षमताका ३३० किलोमिटरसम्म र ५२ किलोवाट क्षमतामा ४२० किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । यो गाडी नेपालको विशेष भूभागका लागि डिजाइन गरिएको बताइएको छ । शहरी सडक, पहाडी इलाका र अफ–रोड अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । हिमाली क्षेत्रका लागि उपयुक्त हुने उन्नत थर्मल व्यवस्थापन र ब्याट्री हिटिङ प्रणाली रहेको यो गाडी ११ किलोवाटको होम चार्जिङ क्षमतामा ४ घण्टामा पूर्ण रूपमा चार्ज हुने बताइएको छ । भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ र उन्नत इन्फोटेन्मेन्ट सहितको यो गाडी किफायती र पर्यावरणमैत्री रहेको बताइएको छ ।