काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर पन्थी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिका अध्यक्ष महेश बरालका अनुसार पन्थी मंगलवारदेखि नै लागू हुनेगरी संस्थाको आगामी चारवर्षे कार्यकालका लागि सीईओमा नियुक्त भएका हुन् । कम्पनी सिईओका लागि आवेदकमध्ये अन्तिम संक्षिप्त सूचीमा पन्थीसहित महेश रिमाल, राजुनाथ खनाल र रामदेव यादव परेका थिए । अघिल्लो प्रक्रिया रद्द गर्दै गत मङ्सिर ६ मा कम्पनीले सीईओका लागि पुन: आवेदन मागेको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.