काठमाडौं । बागमती प्रदेशका ७ ठाउँमा मंगलवार (आज) २३ ओटा ईभी चार्जिङ स्टेसन शुभारम्भ गरिएका छन् । युएसआईडीको ऊर्जा नेपालको सहयोगमा काठमाडौंको दरबारमार्गलगायत क्षेत्रमा ईभी चार्जिङ स्टेसन सञ्चालन गरिएका हुन् ।
दरबारमार्गस्थित होटल रोयल सिङ्गीमा राखिएको चार्जिङ स्टेसनको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदघाटन गरे ।
नेपालमा मोबाइल चार्जिङ स्टेसन सञ्चालनमा आएको यो पहिलो पटक हो ।