काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ । ‘सर्टलिस्ट’मा पर्नेमा चुडामणि चापागाईं, नारद कुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि १० जनाले आवेदन दिएका थिए । उनीहरूबाट नेप्से सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । उनीहरूलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको लागि बोलाएको छ ।
यसअघिका सीईओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सरकारले नेप्से सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन खुला गरेको थियो । आवेदन खुला समय अवधिमा १० जनाको आवेदन परेको थियो ।