काठमाडौं । ङादी ग्रूप पावर लिमिटेडले नवौं वार्षिक साधारण सभा भोलि बिहीवार गर्ने भएको छ ।
सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।
त्यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपरछलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।