काठमाडौं । ङादी ग्रुप पावरले पुस २५ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार व्याङ्क्वेटमा उक्त दिन बिहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धि विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।