काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि टुङ्ग्याउनेछ । सञ्चालक समितिका सदस्यहरूको मनोनयन तथा नियुक्तीको विषय अनुमोदन समेत सभाले गर्नेछ ।
यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लाभांश वितरण नगर्ने भएको हो । विगतका वर्षहरूमा कम्पनीले निरन्तर लाभांश वितरण गरेको थियो ।