काठमाडौं । निर्धन उत्थान लघुवित्त संस्थाको २६ औैं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा सम्पन्न साधारण सभाको सञ्चालन कम्पनी सचिव जग्य प्रसाद पन्तले गरेका थिए ।
सभामा सञ्चालक समितिका पदाधिकारी, शेयरधनीलगायत गरी २१० जनाकोे उपस्थिति रहेको थियो ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण पन्तले आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन र साधारण सभाको प्रस्तावमाथि ५ जना शेयरधनीहरूले विचार तथा मन्तव्य राखेका थिए । सभामा शेयरधनीहरू प्रा.डा. फक्त बहादुर के.सी., अचुत राज जोशी, दामोदर प्रसाद रेग्मी, राम प्रसाद पाण्डे र यज्ञ प्रसाद शर्माले मन्तव्यसहित विभिन्न सुझाव दिएका थिए ।
शेयरधनीहरूले उठाएका जिज्ञासा र प्रश्नको संस्थाका प्रमुख कार्यकारी अधिकृतले जवाफ दिएका थिए । उनले अहिले संस्था सुधारोन्मुख रहेकोेले आगामी वर्षबाट लाभांश वितरण गर्न सकिने बताए ।
संस्थाका अध्यक्ष पन्तले शेयरधनीहरूले दिएको सल्लाह सुझावलाई मार्गदर्शनको रूपमा लिएर संस्था सञ्चालन गर्ने प्रतिवद्धता गरे ।