काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीविरुद्ध ठगी, लिखत कीर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्रमा झाबाट २८ करोड ८१ लाखभन्दा बढी क्षतिपूर्तिको मागदाबीसमेत गरिएको छ ।
गत असार १४ मा झालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनीसहित उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने अनुमान गरिएपनि झाले प्रहरीमा इन्कारी बयान दिएका छन् ।
'प्रतिवादी बेचन झा र मिति २०८०।०२।१० गतेको अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूसमेतबाट जाहेरवाला गजेन्द्र बुढाथोकी समेतका मिति २०८०।०२।१० गतेको अभियोग पत्रमा उल्लेखित जाहेरवालाहरूलाई रु २८,८१,७४,५००/- (अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार पाँच सय) मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाई भराई पाउन समेतको मागदाबी लिइएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउनसमेत अनुरोध छ,' अभियोगपत्रमा भनिएको छ ।
यस्तो छ अभियोग पत्र