काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले मंगलवार सूचना जारी गर्दै आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट वितरण गर्ने निर्णय भएको ६ दशमलव ८ प्रतिशत कर समेत नगद लाभांश बुझ्न आग्रह गरेको हो ।
कम्पनीले सो अवधिमा २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा १७ करोड २७ लाख ३३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव २०७६ साल पुस १७ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
उक्त लाभांश कतिपय लगानीकर्ताले बुझ्न बाँकी भएकाले एक महिनाभित्र आफ्नो लाभांश बुझिलिन कम्पनीले भनेको छ । सम्बन्धित शेयरधनीहरुले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । तोकिएको अवधिभित्र लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।