काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पुस १८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मङ्सिर २४ गते बसेको सञ्चालक समिति बैठकले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्ता पूँजी रू. ९६ करोड २५ लाखको आधारमा ७ प्रतिशत करसमेत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।