काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव)मा विद्युतीय कार/भ्यान आयात बढेको छ ।
भन्सार विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो ६ महीना (साउन-पुस)को वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार मूल्यका ५ हजार ४८० थान विद्युतीय कार/भ्यान आयात भएका छन् । गत वर्षको सोही अवधिमा १२ अर्ब ७३ करोड २७ लाख १ हजार मूल्यका ५ हजार १०७ थान विद्युतीय कार/भ्यान भित्रिएका थिए ।
पछिल्लो (साउन-पुस) | १३ अर्ब १० करोड ८० लाख ६९ हजार | ५ हजार ४८० थान |
गत वर्ष ०८०/८१ (साउन-पुस) | १२ अर्ब ७३ करोड २७ लाख १ हजार | ५ हजार १०७ थान |
अघिल्लो वर्ष ०७९/८० (साउन-पुस) | ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार | १ हजार ७४९ थान |
विभागको तथ्यांकअनुसार नेपाली बजारमा चिनियाँ कारहरूको आयात निरन्तर बढ्दा भारतीय कारको आयात भने घट्दो क्रममा रहेको देखिन्छ ।
चालु आवमा चीन, भारत, जर्मनी, कोरिया र अमेरिकाबाट विद्युतीय कार/भ्यान आयात भएकामा सबैभन्दा बढी चीनबाट भित्रिएका छन् । यस अवधिमा चीनबाट मात्रै १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार मूल्यका ४ हजार २०५ थान विद्युतीय कार/भ्यान आयात भएका छन् ।
यो अवधिमा भारतबाट २ अर्ब २९ करोड ८१ लाख ६५ हजार मूल्यका विद्युतीय कार/भ्यान आयात भएका छन् । त्यस्तै जर्मनीबाट १९, अमेरिकाबाट ४ र द. कोरियाबाट २ थान विद्युतीय कार/भ्यान /भ्यान आयात भएका छन् ।
देश | चालू आव ६ महीना | गत आव ६ महिना |
चीन | १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार | ८ अर्ब ६० करोड ५८ लाख ७५ हजार |
भारत | २ अर्ब २९ करोड ८१ लाख ६५ हजार | ३ अर्ब ८१ करोड ९३ लाख ४८ हजार |
गत वर्षको सोही अवधिमा चीनबाट ८ अर्ब ६० करोड ५८ लाख ७५ हजार मूल्यका ३ हजार १२१ थान विद्युतीय कार/भ्यान आयात भएका थिए । सो अवधिमा भारतबाट भने ३ अर्ब ८१ करोड ९३ लाख ४८ हजार मूल्यका १ हजार ९२२ थान विद्युतीय कार/भ्यान नेपाल भित्रिएका थिए । त्यसबाहेक कोरियाबाट ३९, इन्डोनेशिया १७, जर्मनीबाट ५ अमेरिकाबाट ३ थान विद्युतीय कार आयात भएका थिए ।
थान | मूल्य | ||
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट | चीन | २७०७ | ६९७६४२४ |
विद्युतीय कार, जीप र भ्यान ५० किलोवाट | चीन | ९५८ | १८०५७२३ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | चीन | ५३१ | १८१२३६६ |
विद्युतीय कार, जीप र भ्यान २०१ किलोवाट देखि ३०० किलोवाट | चीन | ७ | ४५०४३ |
विद्युतीय कार, जीप, भ्यान ३०० किलोवाट | चीन | २ | ८३२३ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | जर्मनी | १७ | ११५७८३ |
विद्युतीय कार, जीप र भ्यान २०१ किलोवाट देखि ३०० किलोवाट | जर्मनी | २ | १७०६८ |
विद्युतीय कार, जीप र भ्यान ५० किलोवाट | भारत | ७६७ | १३१८६६६ |
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट | भारत | ४८३ | ९७९४९९ |
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट | दक्षिण कोरिया | १ | ४५८९ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | दक्षिण कोरिया | १ | ७९७९ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | अमेरिका | ४ | १६६०८ |
जम्मा | ५४८० | १३१०८०६९ |
थान | मूल्य | ||
विद्युतीय कार, जीप र भ्यान देखि ५० किलोवाट | चीन | ४४९ | ९१८,८७७ |
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट | चीन | २,६३७ | ७,५१८,८२३ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | चीन | २६ | १००,९४१ |
विद्युतीय कार, जीप र भ्यान २०१ किलोवाट देखि ३०० किलोवाट | चीन | ९ | ६७,२३२ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | जर्मनी | ४ | २२,६०३ |
विद्युतीय कार, जीप र भ्यान २०१ किलोवाट देखि ३०० किलोवाट | जर्मनी | १ | ८,२३० |
विद्युतीय कार, जीप र भ्यान देखि ५० किलोवाट | भारत | १,५९० | २,८८७,५६७ |
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट | भारत | ३३२ | ९३१,७८२ |
विद्युतीय कार, जीप र भ्यान देखि ५० किलोवाट | इन्डोनेशिया | १७ | २८,९७३ |
विद्युतीय कार, जीप र भ्यान ५१ किलोवाट देखि १०० किलोवाट | दक्षिण कोरिया | १ | ४,८४९ |
विद्युतीय कार, जीप र भ्यान १०१ किलोवाट देखि २०० किलोवाट | दक्षिण कोरिया | ३८ | २२६,१५७ |
विद्युतीय कार, जीप र भ्यान २०१ किलोवाट देखि ३०० किलोवाट | अमेरिका | ३ | १६,६६६ |
जम्मा | ५,१०७ | १२,७३२,७०१ |
थान | मूल्य | ||
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट | चीन | २२३ | ४९८३३९ |
विद्युतीय कार, जीप र भ्यान १०० किलोवाट देखि २०० किलोवाट | चीन | १४ | ५६४७८ |
विद्युतीय कार, जीप र भ्यान २०० किलोवाट देखि ३०० किलोवाट | चीन | ४ | २१९६८ |
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट | भारत | १२८० | ३४६८३३४ |
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट | इन्डोनेशिया | ३ | ६४०६ |
विद्युतीय कार, जीप र भ्यान देखि १०० किलोवाट | दक्षिण कोरिया | २०२ | ७६४७९५ |
विद्युतीय कार, जीप र भ्यान १०० किलोवाट देखि २०० किलोवाट | दक्षिण कोरिया | १९ | ९००४८ |
विद्युतीय कार, जीप र भ्यान १०० किलोवाट देखि २०० किलोवाट | अमेरिका | २ | ९५९६ |
विद्युतीय कार, जीप र भ्यान २०० किलोवाट देखि ३०० किलोवाट | अमेरिका | २ | १३१८२ |
जम्मा | १७४९ | ४९२९१४५ |