काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ९३ करोड ४१ हजार लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ९५ करोड ४ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी केही घटाएको छ ।
फण्डको न्याभ भने माघको तुलनामा फागुनमा बढेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ५१ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ५२ पैसा पुगेको हो । त्यस्तै फण्डको नाफा भने सामान्य बढेको छ । माघ मसान्तमा फण्डले रू. ४ करोड ५३ लाख नाफा कमाएकोमा फागुन मसान्तमा भने बढेर रू. ४ करोड ६५ लाख पुगेको हो ।
त्यस्तै फण्डको जम्मा आम्दानी माघ मसान्तमा रू. ५ करोड ६१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ५ करोड ८९ लाख पुगेको छ ।