काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनमा देशभरका १३४ ओटा मालपोत कार्यालयबाट लिखत पारित, नामसारी, संशोधन, हाल साविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारितलगायत १ लाख ३६ हजार ४६ ओटा कारोबार भएका छन् ।
तथ्यांकअनुसार फागुनमा देशभर ४६ हजार ६१ ओटा लिखत पारित (रजिष्ट्रसन) भएका छन् । गत माघ महीनामा १ लाख ३२ हजार ३१ कारोबार हुँदा ४६ हजार ६९ ओटा लिखत पारित भएका थिए ।
फागुनमा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सबैभन्दा धेरै १ हजार ८४७ ओटा लिखत पारित भएका छन् । त्यस्तै १ हजार ७१२ लिखत पारित भएको मालपोत कार्यालय भद्रपुर, झापा दोस्रोमा छ भने १ हजार ५७५ लिखत पारित गरेको मालपोत कार्यालय बेलवारी, मोरङ तेस्रो स्थानमा छ ।
त्यस्तै सबैभन्दा कम कारोबार हुने मालपोत कार्यालय मनाङमा फागुनमा जम्मा ९ ओटा कारोबार हुँदा ४ ओटा मात्रै लिखत पारित भएका छन् ।
सबैभन्दा धेरै कारोबार गर्ने १० मालपोत कार्यालय
मालपोत कार्यालय | लिखत पारित |
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १८४७ |
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १७१२ |
मालपोत कार्यालय बेलवारी, मोरङ | १५७५ |
भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १५४९ |
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | ११८७ |
मालपोत कार्यालय तुलसीपुर, दाङ | ९८५ |
भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाही | ९८० |
भूमिसुधार तथा मालपोत कार्यालय सिराहा | ९७४ |
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ | ९४५ |
भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बारा | ९२४ |
राजस्व संकलन बढ्यो
फागुनमा भएका जम्मा कारोबारबाट ४ अर्ब १२ करोड ३१ हजार ७४ रुपैयाँ राजश्व संकलन भएको छ । फागुनमा सेवा कर, बागमती, रजिष्ट्रेशन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, पूँजीगत लाभ कर, जग्गाधनी प्रमाणपुर्जा प्रिन्ट शुल्क, अनलाइन प्रिन्ट शुल्क, रिकभर छूट, विलम्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यता, रोक्का दस्तुर, डोर सुविधा शुल्क लगायतका कारोबारबाट सो बराबरको राजस्व संकलन भएको हो । यसमध्ये रजिष्ट्रेशन शुल्कमार्फत २ अर्ब २० करोड ३७ लाख ८९ हजार ४३४ रुपैयाँ राजस्व संकलन भएको छ ।
गत माघमा सोही प्रकारका सेवाबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व संकलन भएकोमा २ अर्ब ५१ करोड ९४ लाख ३५ हजार ३९ रुपैयाँ रजिष्ट्रेशन शुल्कबापत संकलन भएको थियो ।
यो महीनामा सबैभन्दा बढी राजस्व संकलन गर्नेमा मालपोत कार्यालय लगनखेल, ललितपुर छ । उक्त कार्यालयले ३८ करोड २८ लाख २ हजार ६८८ रुपैयाँ राजस्व संकलन गरेको छ भने रजिस्ट्रेशन बापत २१ करोड ५ लाख ९७ हजार १७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो महीना सबैभन्दा कम राजस्व संकलन गर्ने मालपोत कार्यालय, संक्रान्ति बजारले जम्मा ५६ हजार ६५ रुपैयाँ राजस्व संकलन गरेको छ, जसमध्ये रजिष्ट्रेसनबापत ४१ हजार ४९७ रुपैयाँ संकलन गरेको छ ।
सबैभन्दा राजस्व संकलन गर्ने १० मालपोत कार्यलय
कार्यालय | रजिष्ट्रेशन दस्तुर | कूल |
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | २१०५९७१७५ | ३८२८०२६८८ |
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | १२८४८३२०५ | २५८१६७९७८ |
मालपोत कार्यालय कलंकी, काठमाडौं | १२८०६३३५५ | २२६०९९६५४ |
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | १२६४८४३२२ | २५८७२५७९२ |
मालपोत कार्यालय चावहिल, काठमाडौं | १२२७४७१२१ | २१६८५२८५६ |
मालपोत कार्यालय कास्की | ८२६०२६७७ | १४५७१६४१७ |
मालपोत कार्यालय रुपन्देही | ७१७९९०५४ | १५७५४६८०५ |
मालपोत कार्यालय चितवन | ७००८६२५३ | १२०९२५१८४ |
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | ६५७९३६४६ | १३०७६०७०८ |
मालपोत कार्यालय सिमारा, बारा | ६१६५८६४४ | १३१६६६२०४ |
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ | ५६०४१९५३ | ११३५२१६२६ |