काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत् विक्रीबाट ४ करोड २९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो ।
पहिलो त्रैमाससम्म कम्पनी १ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ४९ लाख ४९ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
यस वर्ष कम्पनीको वित्तीय खर्च ३ करोड ७३ लाख रुपैयाँभन्दा बढी भएको छ । यो खर्च गत वर्ष यस अवधिसम्म ३ करोड ३५ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष वित्तीय खर्च बढेकाले पनि कम्पनीको खुद नोक्सानी बढेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ७ करोड ५४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा ९४ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ३ करोड ४ लाख रुपैयाँभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म ११ रुपैयाँ ३७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ८४ रुपैयाँ ४५ पैसा छ ।