काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २६ औं फ्लोरा एक्स्पो चलिरहेको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले प्रदर्शनी आयोजना गरेको हो ।
एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रदर्शनीका अवसरमा उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलङ्कारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिने बताइएको छ ।
प्रदर्शनीमा आलङ्कारिक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउ बिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री लगायतको ८२ वटा प्रदर्शनी तथा विक्री कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए ।
शुक्रवार शुरु भएको प्रदर्शनी चैत ४ गते (आगामी सोमवार)सम्म रहने छ ।
हेर्नुस् तस्वीरहरू