काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स (First Microfinance) लघु वित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (९ महीनामा) रू. १९ करोड ४५ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ ।
गत असार मसान्तसम्मको तुलनामा कम्पनीले १७ दशमलव १२ प्रतिशत बढी खुद नाफा गरेको हो । गत असार मसान्तसम्म कम्पनीले रू. १६ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
सञ्चालन नाफा भने कम्पनीको गत असार मसान्तसम्मको तुलनामा १० दशमलव ६८ प्रतिशत बढी भएको छ । गत असार मसान्तसम्म रू. २५ करोड ११ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले तेस्रो त्रैमाससम्म भने रू. २७ करोड ७९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
गत असार मसान्तसम्म रू. १३ करोड ९३ लाखभन्दा बढी रहेको वितरणयोग्य नाफा तेस्रो त्रैमाससम्म भने रू. १६ करोड ६८ लाखभन्दा बढी पुगेको छ । तेस्रो त्रैमाससम्म इम्पेरमेन्ट चार्ज शीर्षकमा रू. १ करोड ५८ लाखभन्दा बढी व्यवस्था गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी (Paid Capital) रू. १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रहेको छ । १९ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी बढाएको हो । गत असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी रू. ९६ करोड ४४ लाख ९२ हजार रहेको थियो ।
रिटेन्ड अर्निङ (Retain Earning) रू. १६ करोड ६८ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम रू. २६ करोड ६२ लाखभन्दा बढी रहेको छ । रिटेन्ड अर्निङ २४ दशमलव १६ प्रतिशत घटेको कम्पनीको जगेडा कोष रकम भने २५ दशमलव ६५ प्रतिशत बढेको छ ।
कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ९२ करोड २९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ७३ छ ।