काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको १ लाख ५० हजार कित्ता शेयर आजबाट विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ ।
यी शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ ।
यी शेयर विक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र यही चैत १६ गते बिहान १० बजे खोलिने कार्यक्रमसमेत तय भैसकेको छ ।