काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षभन्दा साढे २० प्रतिशत कम भएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई आधार मान्दा गत वर्ष ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोमा यस वर्ष ५ करोड ६ लाख रुपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि साढे २० प्रतिशत घटेको छ ।
गत वर्ष १२ करोड ३७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७ करोड २४ लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । ब्याज आम्दानी गत वर्ष १२ करोड १ लाख रुपैयाँ भएकोमा यस वर्ष ८ करोड १ लाख रुपैयाँभन्दा बढी मात्र ब्याज आम्दानी भएको हो ।
वितरणयोग्य नाफा पनि यस वर्ष घटेको छ । गत वर्ष २४ करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गरेको कम्पनीको यस वर्ष उक्त नाफा २० करोड ४७ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङमा २० करोड ४७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २८ करोड १६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष शून्य रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ९१ प्रतिशत छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा छ ।