काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत गरेको छ । कम्पनीले स्वतन्त्र सञ्चालक नितिशा श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
असार ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले नेप्सेमार्फत दिएको छ ।