भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमवार ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनले एक वक्तव्यमार्फत पोपको निधन भएको बताएको छ ।
'प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ,' कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने ।
फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित भएका थिए । मार्च २३ मा अस्पतालबाट डिस्चार्ज हुनुअघि उनले अस्पतालमा ३८ दिन बिताएका थिए । रासस/एएफपी