काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर बिहीवार सूचीकृत भएको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको ३९ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार ५२९ दशमलव १२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।
गुराँस लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने प्राइम कमर्सियल बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।