काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मंसिर २९ गतेदेखि माघ ४ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर माघ १३ गते बाँडफाँट गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई आवेदन अनुसार हकप्रद शेयर बाँडफाँट गरेको हो ।
आफ्नो हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरूको हकमा समेत मागबमोजिम शेयर बाँडफाँट गरिएको भनाइ कम्पनीको छ । कम्पनीले मंसिर ११ गतेसम्म कायम शेयरधनीहरूका लागि ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गरेको हो ।