काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ७८ लाख ४२ हजार खुद नोक्सानीमा रहेको कम्पनी यस वर्षको सो अवधिसम्म भने खुद नाफामा रहेको हो । यस वर्ष कम्पनीले विद्युत विक्रीबाट २२ करोड ३९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकाले खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको विद्युत विक्री आम्दानी थिएन ।
यस वर्ष वित्तीय आम्दानी बढेको छ । गत वर्ष ४ लाख ७३ हजार रुपैयाँ रहेको वित्तीय आम्दानी यस वर्ष ९ लाख ५४ हजार रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ छ । रिटर्न अर्निग भने ६ करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक देखिन्छ । अन्य जगेडा कोषमा भने ११ लाख ८६ हजार रुपैयाँ रहेको छ । कुल सम्पत्ति ९३ करोड ६८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व भने २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९३ रुपैयाँ ५६ पैसा छ ।