काठमाडौं । पुस महीनामा धितोपत्र दोस्रो बजारमा ८९ अर्ब २४ करोड ६३ लाख रुपैयाँभन्दा बढीको २० करोड २४ लाख ८८ हजार कित्ता धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा उल्लेखित कारोबार भएको देखिएको हो ।
मंसिर महीनाको तुलनामा पुसमा कारोबार रकम र कित्ता घटेको देखिन्छ । नेप्सेका अनुसार मंसिरमा १ खर्ब ५१ अर्ब २ करोड ३२ लाख रुपैयाँ बराबरको ३१ करोड ३१ लाख ३७ हजार कित्ता धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबारमा जलविद्युत समूहले नै सर्वाधिक हिस्सालाई निरन्तरता दिएको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये जलविद्युत कम्पनीको संख्या बढी रहेको छ ।
नेप्सेमा २४४ कम्पनीको धितोपत्र सूचीकृत रहेकोमा जलविद्युत तर्फका मात्र ९१ कम्पनी रहेका छन् । कम पूँजी र धेरैजसो कम्पनीको कम मूल्य रहेको अवस्थामा लगानीकर्ता यो क्षेत्रको कम्पनीको शेयर खरीदमा बढी आकर्षित देखिन्छन् ।
पुसमा जलविद्युत कम्पनीहरूको ३६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको ८ करोड १७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । जलविद्युतपछि वित्त समूहको सर्वाधिक हिस्सा रहेको छ । यो महीना वित्त समूहको १० अर्ब १३ करोड रुपैयाँभन्दा बढीको १ करोड ४० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
रकममा हिसाबमा भने म्युचुअल फण्डको कम कारोबार भएको देखिन्छ । पुसमा म्युचुअल फण्डको ३१ करोड २९ लाख रुपैयाँभन्दा बढीको ३ करोड २१ लाख इकाई कारोबार भएको हो ।
समूह | कुल कारोबार रकम रू. दश लाख | कुल कारोबार कित्ता हजार |
जलविद्युत | 36,651.98 | 81,745.94 |
वित्त | 10,134.31 | 14,073.43 |
विकास बैंक | 8,317.46 | 11,845.66 |
वाणिज्य | 7,853.75 | 28,609.87 |
लघुवित्त | 7,427.79 | 5,254.53 |
लगानी | 5,001.21 | 6,595.41 |
जीवन बीमा | 3,256.69 | 5,658.04 |
उत्पादन तथा प्रशोधन | 2,661.56 | 3,722.91 |
निर्जीवन बीमा | 2,489.28 | 3,028.76 |
अन्य | 2,151.57 | 2,759.02 |
होटल तथा पर्यटन | 1,318.98 | 1,581.58 |
संस्थापक शेयर | 889.9 | 5,059.55 |
ऋणपत्र | 408.84 | 357.29 |
व्यापारिक | 370.06 | 64.26 |
म्युचुअल फण्ड | 312.92 | 32,132.62 |
कुल कारोबार | 89,246.30 | 202,488.87 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।