काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्डको कुल लगानी मूल्य चैत मसान्तको तुलनामा वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. २८ करोड ९१ लाखभन्दा बढी रहेको कुल लगानी मूल्य वैशाख मसान्तसम्म रू. ३५ करोड ४७ लाखभन्दा बढी पुगेको छ ।
कुल लगानीमध्ये योजनाले बैंक मुद्दती निक्षेपमा रू. १४ करोड ७० लाख लगानी गरेको छ । यो लगानी रकममा चैत महीनाको भन्दा केही परिवर्तन भएको छैन । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य भने वैशाख मसान्तसम्म रू. २९ करोड ९१ लाख ४१ हजारभन्दा बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गरिएको थियो ।
योजनाको प्रतिइकाई खुद मूल्य वैशाख मसान्तसम्म रू. १० कायम भएको छ । वैशाख मसान्तसम्म योजना रू. ३ लाख ३३ हजारभन्दा बढी नोक्सानीमा रहेको छ । चैत मसान्तसम्म योजना रू. १७ लाख ५३ हजार नाफामा रहेको थियो । यो महीना योजनाको जम्मा आम्दानी बढे पनि खर्च बढ्दा नोक्सानीमा गएको देखिन्छ ।
चैत मसान्तसम्म रू. ५३ लाख ७७ हजारभन्दा बढी आम्दानी गरेको योजनाले रू. ३६ लाख २३ हजार खर्च गरेको थियो । वैशाख मसान्तसम्म भने रू. ५५ लाख ३० हजार आम्दानी भएकोमा रू. ५८ लाख ६४ हजारभन्दा बढी खर्च भएको हो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्