काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण नभएको अवितरित १३ लाख १७ हजार ३० कित्ता हकप्रद शेयर चैत ६ गतेदेखि वैशाख ५ गतेसम्म लिलामीमा विक्री गरेको हो ।
प्रतिकित्ता ६० रुपैयाँ मूल्य तोकेर विक्री गरिएको यी शेयर अधिकतम १०० रुपैयाँदेखि न्यूनतम ६० रुपैयाँसम्म मूल्य तय गरि आवेदन दिने सबै आवेदकहरुलाई शेयर बाँडफाँट गरिएको हो । कम्पनीको यी शेयर संस्थापक तर्फको रहेको हो । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी पनि कम्पनीले गरेको छ ।