काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि प्राप्त बोलपत्र वैशाख ९ गते खोलिने भएको छ । कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण नभएको अवितरित १३ लाख १७ हजार ३० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो ।
प्रतिकित्ता ६० रुपैयाँ मूल्य तोकेर चैत ६ गतदेखि वैशाख ५ गतेसम्म कम्पनीले यी शेयर विक्री गरेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको कार्यालय तिनकुनेमा विहान ७ बजे खोलिने कार्यक्रम तय भएको हो ।