काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको १० वर्ष अवधिको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र वैशाख ८ गते सूचीकृत भएको हो । ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को नामबाट बैंकको ऋणपत्र सूचीकृत भएको हो ।
७ दशमलव ५० प्रतिशत ब्याजदरको यो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यी ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।